यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सुरेश अधिकारीले अनलाइनखबरसँग भने, ‘कार्यालय सहयोगीबाहेक खरिदार पदभन्दा तल अर्को पद छैन । कार्यालय सहयोगी आन्तरिक प्रतिस्पर्धाबाट माथि आउन पाउने व्यवस्था छ । त्यसैले अब खरिदार पद राखिराख्नु परेन ।’ उनले संघीय निजामती सेवा ऐनको मस्यौदा कानुन मन्त्रालयमा विचाराधीन रहेको जानकारी दिए । अब आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत र जेष्ठताको बढुवाको आधारमा १० प्रतिशत खरिदार पदमा पूर्ति गर्ने संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख छ । यसको अर्थ एसएलसी परीक्षा उत्तीर्ण कार्यालय सहयोगीहरु आन्तरिक परीक्षाबाट र बढुवाबाट खरिदार बन्नेछन् । र, खरिदार पदमा रहेका कर्मचारीहरु सेवा निवृत्त भएमा दरबन्दी स्वतः खारेज हुँदै जानेछ । यसअघि खरिदारभन्दा तलको मुखिया पद पनि यसैगरी खारेज भएको थियो । संघीय निजामती सेवा ऐन...
सेतीगण्डकीको संस्कृत नाम सुवर्णसरिता , सुनकोसीको शुभश्रवा चेपे चम्पावती र त्रिशूली नदीलाई धर्मधारा नामले चिनिन्छ , ......... -: नेपालको सवैभन्दा ठुलो ताल रारा हो। यो मुगु जिल्लामा पर्दछ,यसको लम्बाइ 8 किलोमिटर, चौडाइ 1.5 किलोमिटर, गहिराइ 167 मिटर रहेको छ, ......... -: पहिलोपटक स्वास्थ्य विमा कार्यक्रमका लागी मुलकभरी 14 जिल्लालाई छनौट गरिएको हो, .......... -: धनुषा हर्दिनाथ, जोमसोम कालीगण्डकी र मन्थली तामाकोसीको किनारमा अवस्थित रहेका छन, ............ -: महिला स्वास्थ्य स्वयं सेवीका दिवस डिसेम्बर 5 मा मनाइन्छ , ............ -: पहिलो स्तरका नदीहरुलाइ हिमाली पुर्वगामी र दोस्रो स्तरका नदीलाई पर्वतीय अनुगामी नदी भनेर पनि भनिन्छ , ...... -: सुलिगाढ झरनाको स्थानीय नाम पाउली पनि भनिन्छ , दिप्रुङ झरना खोटाङ, सहस्र झरना पर्वतमा पर्दछ, ............ -: अछामको रामारोसन क्षेत्र 12 ताल 18 पाट रहेका छन। ....... -: चरिङ्गे दह दाङ, पृथा दह डोल्पा र छायानाथ दह मुगुमा अवस्थित छन, ........... -: तातोपानी कुण्ड म्याग्दी र पर्वत, पाप कुण्ड मुगु निहारी कुण्ड बझाङमा ,गोसाइँकुण्ड लगायत विभित्र नामका 7 ...
लोकसेवा आयोगको विभिन्न तहको परीक्षामा सामान्य अध्ययन विषयअन्तर्गत समसामयिक घटनासँग सम्बन्धित खण्डको भूमिका महत्त्वपूर्ण हुन्छ । उक्त खण्डबाट प्रारम्भिक र मुख्य परीक्षा दुवैमा अधिकाधिक प्रश्न सोधिन्छ । विगत केही वर्षदेखि लोकसेवा आयोगको परीक्षामा समसामयिक घटनासँग सम्बन्धित प्रश्नको संख्या वृद्धि हुनुका साथै त्यसको स्वरूप पनि जटिल भएको छ । प्रश्न तथ्यात्मक कम र अवधारणात्मक बढी हुँदै गएको छ, जसका लागि कुनै पनि क्षेत्रको समग्र एवं विश्लेषणात्मक जानकारी आवश्यक छ । गत वर्षको प्रारम्भिक परीक्षामा समसामयिक मुद्दासँग सम्बन्धित जुन प्रश्न सोधिएको थियो त्यसले पनि यो कुरालाई पुष्टि गर्छ कि सामान्य अध्ययनअन्तर्गत समसामयिक घटनाप्रति आँखा चिम्लिने हो भने सफलता प्राप्त गर्न सकिंदैन । परीक्षामा समसामयिक घटनासँग सम्बन्धित प्रश्न सोध्नुको मुख्य उद्देश्य परीक्षार्थीको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय परिवेशप्रतिको सजगता एवं जागरूकताको परख गर्नु हो । यसका लागि समाचारका माध्यमसँग निरन्तर सम्पर्कमा रहनुका साथै विविध घटनाका सम्बन्धमा हुने चर्चा(परिचर्चा र बहसका विभिन्न पक्षलाई बुझ्नुपर्छ । यसका लागि परीक्षार्थी...
Comments
Post a Comment